Logo

चीनद्वारा मङ्गल ग्रहमा यानसहितको रकेट प्रक्षेपण



एजेन्सी, ८ साउन । चीनले मङ्गल ग्रहमा यान पठाएको छ । नियानवेन-१ नामो यान जडित रकेट आज प्रक्षेपण गरेको हो ।

चिनियाँ राष्ट्रिय अन्तरीक्षण प्रशासन सीएनएसएलाई उदृत गर्दै ग्लोबल टाइम्सले रकेडको सफतापूर्वक प्रक्षेपणपछि मङ्गल ग्रहको यात्रामा मिसन अगाडि बढेको जनाएको छ । यात्रा सफल भएमा सन् २०२१ को फेब्रुअरी महिनामा सात महिनाको यात्रापछि नियानवेन-१ मंग्रल ग्रहको क्षेत्रमा पुग्नेछ ।

तियानवेन-१ मङ्गल ग्रहको अन्वेषणमा पठाइएको त्यस्तो मिसन हो जसले उक्त ग्रहलाई परिक्रमा गर्ने, यान जमिनमा उत्रने र यात्राा लागि समेत निस्कनेछ । एकैपटक तीनवटा मिसनका साथ यान पठाइएको छ ।

यो मिसनको अन्तरीक्षमा यान प्रक्षेपण चीनले हालसम्म पठाएकोमध्ये सबैभन्दा भारी हो । झण्डै पाँच टनको यानको यात्रा सफल भएमा मङ्गल मिसनमा अर्को सफलता हासिल हुनेछ ।

यसअघि संयुक्त अरब इमिरेट्सले सोमबार मङ्गल मिसनका लागि यान पठाइसकेको छ । यसै महिना अमेरिकाले पनि मङ्गल ग्रहमा यान पठाउँदैछ । एकसाथ तीनवटा देशले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण गरेका हुन् ।

मङ्गल ग्रह र पृथ्वीबीचको सबेभन्दा कम दुरी साँढे पाँच करोड किलोमिटर हुन्छ जुन प्रत्येक २६ महिनामा आउँछ । त्यसैले मङ्गल मिसनको मौका जुलाई र अगष्टको बीचमा आउने गर्छ ।-Photo Source: Our Space



प्रतिक्रिया दिनुहोस्