Logo

दुई ग्रहले बेबी सनको परिक्रमा गर्दै



एजेन्सी, ८ साउन । पहिलोपटक अन्य सौर्यमण्डलको दूई ग्रहले बेबी सनको परिक्रमा गरिरहेको टेलिस्कोपले कैद गरेको छ । अन्य तारा र ग्रहहरुले सूर्यको परिक्रमा गरेजस्तै उक्त दूई ग्रहहरुले परिक्रमा गरिरहेको छ ।

ग्रहहरु सुर्यको ३०० प्रकाश वर्ष पर रहेर परिक्रमा गरिरहेको जनाइएको छ । उक्त तस्बीर बुधबार युरोपीयन साउर्दन अबजरभेट्रीको ठूलो टेलिस्कोपमार्फत चिली अटाकमा डेर्जटबाट खिचिएको थियो । हाम्रो वायु मण्डलमा रहेको सुर्यको बच्चा सुर्य (बेबी सन)लाई ग्रहले परिक्रमा गरेको कारण यसलाई चाखलाग्दो विषय बनेको विज्ञहरु बताउँछन् । उनीहरु बेबी सनलाई परिक्रमा गर्ने क्रममा एक लाइनमा देखा परेको यो पहिलो पटक रहेको जनाइएको छ । यस तस्बीरले हाम्रो सौर्य प्रणालीको विकासमा विज्ञहरुलाई अनुसन्धानमा मद्दत पुर्याउने छ ।

टेलिस्कोपले यस्तो प्रकारको तस्बीर विरलै भेट्ने गर्दछ । हालसम्म ४ हजार १ सय ८३ एक्सो प्लानेट रहेको विज्ञहरु बताउँछन् । जसमध्ये ४८ वटाको प्रत्येक्ष तस्बीर टेलिस्कोपले खिचिएको जनाइएको छ । प्रत्येक्ष तस्बीरले अनुसन्धान र अन्य ग्रहको सम्बन्धलाई अध्ययन गर्न सजिलो पार्ने गर्दछ । दूई ग्रह बाहेक उक्त क्षेत्रमा अन्य ग्रह नहुन सक्ने अुनमान वैज्ञानिकहरुले लगाएका छन् । अहिले देखा परेको दूई ग्रहहरु स्वतह विलिन हुनसक्ने समेत जनाएको छ । अनुसन्धानलाई विज्ञहरुले तीव्रता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्