Logo

८० लाख वर्ष अगाडि पृथ्वी र चन्द्रमा विशाल छुद्रग्रहका वर्षा, जस्ले निम्त्यायो नयाँ जीवन



एजेन्सी, ८ साउन । पृथ्वीको इतिहासको क्रममा हाम्रो ग्रहमा थूप्रै प्रकारका वस्तुहरुले आक्रमण भएकोे थियो । यस्तै प्रकारको घटना ८० लाख वर्ष पूर्व पृथ्वी र चन्द्रमा घटेको थियो ।

विशाल छुद्रग्रहले पृथ्वी र चन्द्रममा अत्यधिक वर्षा गरेको थियो । छुद्रग्रहको वर्षात एक विशाल प्रकोपको रुपमा लिइएको थियो । त्यस बेला रहेको डायनासोरहरुलाई ठूलो क्षति भएको साथै विस्थापित समेत हुन पुग्यो । त्यस विशाल छुद्रग्रहद्वारा पृथ्वी र समुद्रमा समेत हानी पुर्याएको प्रमाण समेत रहेको जनाइएको छ । त्यसकारण पृथ्वीमा जैवविविधता समेत भएको थियो । ७२ लाख वर्ष पूर्व पृथ्वीमा अनेकौँ सानो देखि ठूला प्रकारका ग्रहहरुको आक्रमण भएको थियो ।

त्यसबेला पृथ्वी प्रत्येक भाग बरफले पुरिएको जनाइएको छ । त्यो युगले पृथ्वीको ढाँचा नै परिवर्तन गर्न सक्रिय भूमिका खेलेको थियो । यसले वातावरण र जैवविविधता ल्याउन ठूलो भूमिका खेलेको मानिएको छ । विगमा भएको घटनाका कराण पृथ्वीमा अहिलेपनि समस्याहरु भोग्न परेको जनाइएको छ । पृथ्वीमा हुने ज्वालामूखी विस्फोट र अन्य भौगोलिक क्षेत्रमा निम्तिने असरहरु त्यस छुद्रग्रहका कारण भएको विज्ञहरुले अनुमान गरेको छ । त्यसैगरी चन्द्रमामा समेत उक्त छुद्रग्रहको वर्षा भएको थियो । यसले चन्द्रमालाई अहिलेसम्म यथावत राखेको विज्ञहरु बताउँछन् । कोपरनियस क्रेटरबाट निस्किएको पर्दाथहरुको नमूना एपोलो १२ लेसन् १९६९ नोभेम्बरमा ल्याएको थियो ।

नमूना परिक्षणको क्रममा उक्त पर्दाथ विशाल छ्द्रग्रह संग रहेको जनाइएको थियो। आँठ प्रकारका क्रेटरहरुको उत्पत्ती भएको थियो । क्रेटर १०० किमीको क्षेत्रफलमा फैलिएको थियो। जस्ले अधिक मात्रामा पृथ्वी र चन्द्रमालाई हानी पुर्याएको थियो । यस क्रममा पृथ्वीको नयाँ सुरुवात भएको विज्ञहरु बताउँछन् ।छुद्रग्रहद्वारा ठूलो मात्रामा फालिएको फोसफोरसले अस्थिर तत्वहरुको विकास गर्न सफल भयो । तत्वहरु कार्वन, नाइट्रोजन र पानी रहेको थियो । यसले पृथ्वी सहित चन्द्रमासमेतलाई फाइदा पुर्याने काम गरेको थियो । फोसफोरसले पृथ्वीमा एल्गेको उत्पत्तीमा निकै मद्दत पुर्याएको थियो । फोसफोरसले निम्त्याएको तत्वहरु पृथ्वीको लागी फलदायीको रुपमा सावित भएको थियो । जस्ले पृथवीमा नयाँ सुरुवातलाई प्रोत्साहित गरेको थियो । विभिन्न नयाँ जीवनको सुरुवात र उत्पत्ती भएको विज्ञहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम