Logo

रुस र चीनले संयुक्त रुपमा चन्द्रमामा आफ्नो रिर्सच स्टेशन निर्माण गर्ने



एजेन्सी, ९ साउन । रुसले चीन संगको संयुक्त साझेदारीमा चन्द्रमामा रिर्सच बेस निर्माण गर्ने भएको छ । उक्त विषयको जानकारी रोजकसमसका प्रमुख दिमिट्री रोगोजिनले जानकारी दिएका हुन् । चिनियाँ नेश्नल स्पेस एडमिनिस्ट्रेशन र रुसी स्पेस एजेन्सी रोजकसमसको संयुक्त साझेदारी चन्द्रमामा रिर्सच बेस निर्माण हुने भएको जनाइएको छ ।

चिनियाँ सहयोगीहरु प्रति धेरै सम्मान रहेको रोजकसमसका प्रमुखले जोड दिएका छन् । विभिन्न विपद् र महामारीको सामना गर्नुपरेको चीनले आफ्नो लक्ष्यबाट पछि नहटेको समेत उनले व्यक्त गरे । चीन आफ्नो लक्ष्य प्राप्त गर्न निरन्तर अग्रसर समेत रहेको उनले बताए । दूवै देशका स्पेस एजेन्सीबीच सहमति भइसकेको र रिर्सच बेस बनाउने दिशामा कार्यहरुलाई अगाडी बढाउन सुरुवात भइरहेको समेत उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्