Logo

कक्षा ११ का विद्यार्थीको ५२ करोड खै ?



काठमाडौं, १२ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसंग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपिँयाको बारेमा कुनै निर्णय गर्न सकेको छैन । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि बोर्डले उठाएको रकमको बारेमा निर्णय गर्न सकेको छैन ।

 

बोर्डले कक्षा ११ मा रजिष्ट्रेशन वापत ४ सय र परीक्षा सञ्चालन खर्च ६ सय गरी प्रति बिद्यार्थी एक हजार रुपिँया संकलन गरेको थियो । विद्यालयले परीक्षा नै नभएपछि उक्त रकम फिर्ता गर्नुपर्ने तर्क गर्न थालेका छन । कक्षा ११ मा करिब ५ लाख २८ हजार परीक्षार्थी सामेल हुने अवस्थामा थिए ।

 

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा केही रकम खर्च भएको जानकारी गराउदै बांकी रकम के गर्ने भन्ने विषयमा छलफल भैरहेको बताउनुभयो । उहाले भन्नुभयो–सबै कार्यालयबाट हिसाब मागिरहेका छौ, हिसाब आएको केही दिनपछि बाँकी रकम के गर्ने रु भन्ने विषयमा निर्णय गर्नेछौ ।

 

बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा कति खर्च भयो रु भन्ने विषयमा यकिन हिसाब निकाल्ने तयारीमा छ । बोर्डको बैठकले सबै आर्थिक विवरण तयार भएपछि बांकी रकम विद्यालयलाई नै दिने गरी तयारी गरिरकेको छ । बोर्डले बांकी रकमले विद्यालयले परीक्षा सञ्चालन गर्न, निरीक्षक भत्ता र उत्तरपुस्तिका परीक्षणमा खर्च गर्ने गरी फिर्ता दिने तयारी गरेको छ ।

 

हामी विद्यार्थीलाई मर्का नपर्नेगरी निर्णय गर्ने तयारीमा छां–अध्यक्ष पौडेलले भन्नुभयो । बोर्डले करिब १५ करोड रुपिया खर्च भएको हुनसक्ने अनुमान गरेको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००को पनि परीक्षा वापत उठाएको रकम र खर्च भएको विवरण सार्वजनिक हुन सकेको छैन यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्