Logo

दुई खेल बाँकी छदै युभेन्टस सिरी ‘ए’ च्याम्पियन



काठमाडौं, साउन १२ । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस च्याम्पीयन सावित भएको छ । युभेन्टसले साम्पडोरिआलाई २–० गोल अन्र्तरले हराउँदै उपाधि हात पारेको पारेको छ। एलिनाज स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बेर्नार्डेस्चीले एक–एक गोलको योगदान दिएका छन् । रोनाल्डोले एक पेनाल्टी गोल गर्न सकेनन् ।

खेलको २०औं मिनेटमा रोनाल्डोले गोल गर्ने अवर चुकाएपनि पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए।

त्यस्तै, ६७औं मिनेटमा फेडरिको बर्नरडेस्चीले गोल गर्दै युभेन्टसले दोब्बर अग्रता लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्