Logo

इपिएल फुटबलमा रोमाञ्चक खेलः लिसेस्टरलाई धक्का, बर्नमाउथ र वार्टफोर्ड रेलिगेसनमा



एजेन्सी, १२ साउन । यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम रात निकै रोमाञ्चक भएको छ । लिभरपुल लिग विजेता भएपनि रेलिगेसनको दुई टोली र च्याम्पियन्स लिगमा स्थान बनाउने दुई टोलीको स्थान भने अन्तिम खेलबाट निर्णय भयो ।

म्यानचेस्टर युटाइटेड, चेल्सी र लिसेस्टर सिटी च्याम्पियन्स लिगको लागि स्थान बनाउन अन्तिम खेलसम्म भिडे । जसमा लिसेस्टरलाई झड्का लाग्यो । लिसेस्टरको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २-० ले जित हासिल गर्न सफल भयो । चेल्सीले पनि वुल्भलाई २-० ले पराजित गरेपनि च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो ।

यसैगरी, रेलिगेसनको दुई टोलीको टुंगो अन्तिम खेलले लगायो । जसमा बर्नमाउथ र वार्टफोर्ड रेलिगेसनमा परे । वेष्ट ह्यामसँग एस्टन भिल्लाले १-१ को बराबरी खेल्दा वाटफर्ड आर्सनलसँग २-३ ले पराजित भयो । भिल्लाले वेस्ट ह्यामसँग हार व्यहोरेको भए बर्नमाउथ रेलिगेसनबाट जोगिने थियो । वार्टफर्डले बराबरी खेलेको भए रेलिगेसनमा नपर्ने सम्भावना रहन्थ्यो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्