Logo

नेपालमा कोरोना समुदायमा नै फैलिएको हो कि होइन त्यो अहिले भन्ने अवस्था छैन : डा. पाण्डे



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाको जोखिम बढेकोले फेरि पहिलेकै अवस्थामा जानुपर्ने पनि हुनसक्ने बताएका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले भनेका छन्, यो कुराको सन्देश हामीले उहाँहरूलाई दिन सकेनौँ कि लकडाउन खुल्यो भनेर भन्न हुँदैन थियो कि त, हामी आंशिक रूपमा खोल्दैछौँ भन्नुपर्ने हो कि ? लकडाउन खुल्यो भन्नेबित्तिकै मान्छेहरूलाई के भावना भयो कि ल नियन्त्रण नै भइसक्यो भन्ने हिसाबले लिइदिनुभयो । त्यसकारणले यस्तो भएको हुनसक्छ । त्यसैले हामी पहिलेकै अवस्थामा जानुपर्ने पनि हुनसक्छ । प्रस्तुत छ पत्रकार धमलाले डा. पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंश :

उपत्यकाको अवस्था के छ ? कोरोनाको संक्रमण ह्वात्तै बढ्यो ? जोखिममा छौँ भनेर भनिसके । हरेक क्षेत्र, सुरक्षा निकायमा ?

अहिलेको अवस्थानुसार देशभरिमा लकडाउन खुलेपछि र हाम्रो ल्याबोरेटरीको टेस्टिङपश्चात अहिले व्यक्ति आफंैपनि टेस्ट गर्न जाने भएको हुनाले संक्रमितको संख्या हिजोको दिनमा १३० जना रहेको छ । काठमाडौँमा १५ जना हाम्रो रेकर्डमा राखिएको छ ।

अब सुरक्षा निकायमा पनि संक्रमणको उच्च जोखिम देखियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा किन यस्तो भईरहेको छ ?

ए.पी.एफ लगायत हाम्रा सुरक्षाकर्मीहरूलाई पनि अब त लकडाउन खुल्यो भन्ने किसिमको भावना आएको हुनाले त्यो हिसाबले पनि अलिकति संक्रमण बढेको हुनसक्छ ।

एकै परिवारका ५ जनामा कोरोना देखियो । भारतबाट आउनेहरूले नेपालमा जोखम बढाए भन्ने तथ्यांकहरू बाहिर आयो । के हो वास्तविकता ?

हामीले एकदम सूक्ष्म रूपले हेरिरहेका छौँ । काठमाडौँको परिवारमा ५ जनामा संक्रमण भएको र घना बस्ती भएको काठमाडौँको महाबौद्धमा संक्रमण देखिएको हुनाले त्यहाँको स्थिति के छ भनेर हामी हेर्न जाँदैछौँ । हामीले मात्र नभएर त्यहाँको स्थानीय वार्डको संयोजक, अध्यक्षहरू बसेर हामी हेर्छौँ । अब फेरि लकडाउन नै गर्नुपर्ने हो कि ? ठाउँ हेरेर फेरि हामीले गर्नुपर्ने हो कि ? त्यो कुराको हामी छिट्टै निक्र्यौल गर्छौँ । सुरक्षाकर्मीहरूको लागि हामी उहाँहरूसँग सम्पर्कमा छौँ । हामी स्वास्थ्यकर्मी मात्र नभएर स्वास्थ्यकर्मीभन्दा बाहिरको व्यक्तिलाई पनि तालिम दिएर उहाँहरूलाई सन्देश, कसरी सर्छ, सर्दैन, के गर्नुपर्ने हो, कहाँसम्म पुग्यो भन्नका लागि हामी त्यो लेभलमा पनि जानेछौँ ।

भारतीयमा पनि कोरोना देखियो । धनुषामा ३८ वर्षीय पुरुष र वीरगञ्जमा ६५ वर्षीय भारतीयको पनि कोरोनाबाट मृत्यु भयो । अब हामीले कडाइ गर्नुपर्दैन ?

वीरगञ्जमा १९ वर्षीय किशोरीको मृत्यु भएको छ । उहाँ पनि भारतबाटै नेपालको गाउँमा आउनुभएको हो । संक्रमित हुने अधिकांश व्यक्तिहरू भारतको फ्याक्ट्रीमा काम गर्ने कामदारहरू नै हुनुहुन्छ । भारतबाटै सीमाना पारीबाट आउने र यहाँ संक्रमण भएको देखिन्छ । अहिले वीरगञ्जमा भएका व्यक्तिहरूमा धेरैजसो पहिला ९९ प्रतिशत लक्षण नभएको थियो भने अहिले वीरगञ्जमा भर्ना भएका धेरै व्यक्तिहरूमा संक्रमणको लक्षण छ । ज्वरो आउने, निमोनिया हुने लक्षण छ । यो कुरालाई हामीले एकदम विस्तृत रूपमा हेरिरहेका छौँ । वीरगञ्जमा हिजो पनि १२०० जनाको नमूना संकलन भएको छ । त्यसमध्येबाट कति जनामा पोजिटिभ आएको छ, त्यो हेरेर स्थानीय सरकारले के÷के गर्न सक्नुहुन्छ, हामी पनि एकदम लागिपरेका छौँ । हामी त गम्भीर नै छौँ, पब्लिक गम्भीर हुन जरुरी छ ।

देशभरि सावधानी नअपनाएकोजस्तो देखिएको छ, मानिसहरू हिडिरहेका छन् मास्क नलगाईकन । के भन्नुहुन्छ ?

यो कुराको सन्देश हामीले उहाँहरूलाई दिन सकेनौँ कि लकडाउन खुल्यो भनेर भन्न हुँदैन थियो कि त, हामी आंशिक रूपमा खोल्दैछौँ भन्नुपर्ने हो कि ? लकडाउन खुल्यो भन्नेबित्तिकै मान्छेहरूलाई के भावना भयो कि ल नियन्त्रण नै भइसक्यो भन्ने हिसाबले लिइदिनुभयो । त्यसकारणले यस्तो भएको हुनसक्छ । त्यसैले हामी पहिलेकै अवस्थामा जानुपर्ने पनि हुनसक्छ ।

फेरि लकडाउन लगाउनुपर्ने अवस्था आउनसक्छ, काठमाडौँ उपत्यकामा ?

महाबौद्ध, असन भनेको त एकदम मान्छेहरूको भीडभाड, घनत्व हुने ठाउँ हो । त्यहाँबाट रोग आयो भने धेरै ठाउँमा जानसक्ने भयो । विभिन्न अस्पताल, प्राइभेट अस्पतालमा पनि देखियो । त्यहाँका स्टाफहरूलाई भएको हामीलाई जानकारी छ । पहिला यस एरियामा कोही न कोही भारतबाट आएको हुन्छ, त्यसको संसर्ग अर्को व्यक्तिमा हुन्छ, त्यसपछि आएर अर्को जेनेरेशन, यसरी गईरहेको छ । त्यसोभएर कही न कही लिंक त भेटिएको छ । स्थानीय रूपमा संक्रमणहरू छँदैछन्, तर ह्वाइटस्क्वायर, एउटा ठुलो क्लस्टर, समुदायमा अहिलेसम्म नदेखिएको कुरा हो । हामीले के कुरामा ढुक्क हुनुहुँदैन भने समुदायमा गएको छैन, हामी अझ सुरक्षित छौँ भनेर जानेभन्दा पनि टेस्टहरू नेपालभरि उपलब्ध छन् ।

नेपालमा पनि समुदायमा फैलियो होईन कोरोना ?

विराटनगरमा देखिएको अवस्था त हो तर समुदायमा नै फैलिएको हो कि होइन त्यो अहिले भन्ने अवस्था छैन । स्थानीय रूपमा केही केशहरू हामीसँग छन् । तर समुदायमा गएको छैन भनेर यस्तो एक्रोकेसी अवेर्नेशले सबैलाई जानकारी छ कि कोरोना संक्रमणले संसारमा एकदमै ठुलो भयावह अवस्था भएको हो । खासगरी हामीलाई प्रभाव पार्ने हाम्रो छिमेकी देश भारत, जहाँबाट खुला सिमाना छ, त्यो सिमानालाई कडाइका साथ बन्द गर्नुपर्छ । जो व्यक्तिहरूलाई आउनैपर्छ, ती व्यक्तिहरूलाई सिमानामा नै टेस्टिङ गरेरमात्र भित्रिन पाउने कुरा गर्नुपर्छ । इन्टरनेशनल फ्लाइटबाट आउने व्यक्तिहरूलाई पनि त्यही प्रक्रिया गरेर उहाँहरूको टेस्टिङ गरेर ठाउँमा लग्नुप¥यो । सबैले जिम्मेवारी पनि पूरा गर्नुप¥यो । जुन हामी महामारी शाखा, रोग नियन्त्रण महाशाखामा छौँ, अरू धेरै शिक्षण संस्थाहरू यसमा लागिपर्नुभएको छ, हामीले पनि त्यहीअनुसार अझ सर्तक भएर अभियानलाई एकदम चुस्त बनाएर अगाडि जानुपर्छ ।



प्रतिक्रिया दिनुहोस्