Logo

मेमोरी किङ विजय शाहीको अन्र्तवार्ता ट्रेन्डिङमा (भिडियोसहित)



काठमाडौ, १२ साउन । कालिकोटका विजय शाही मेमोरी किङको नामले परिचित हुँदै आएका छन् । शाहीले मेमोरी किङ बिधामा विश्व रेकर्ड राखिसकेका छन् । ३० सेकेन्डमा १०२ शब्द सम्झिएर भनेका शाहीले भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएका थिए ।

यसभन्दा अगाडी एक मिनेटमा ४२ शब्द बोलेर विश्व रेकर्ड राख्ने अर्पण शर्मा नेपाली नै हुन् । अर्पण शर्मालाई पछि पार्ने भारतका सागर भुजीलाई कालीकोटका विजय शाहीले जितेका हुन् । दुर्गम गाउँमा जन्मीएका शाहीले गाउँकै विद्यालयबाट प्रमाणपत्र तह पास गरेका छन् ।

हाल विजय शाहीको क्षमताको निकै चर्चा हुने गरेकोे छन् । कतिले त उनीमाथी अविश्वास पनि गरेको देखिन्छ । विश्व किर्तीमानी मेमोरी किङ शाहीलाई कलेजले पनि सम्मान गरेको छ । उनलाई अन्र्तवार्ता दिन भ्याइ नभ्याई छ । उनले ठुलो किताब सररर हेर्छन् र त्यसपछि उत्तिखेरै किताब बन्द गरेर किताबमा भएका सबै शब्द सुनाउन र लेख्न सक्छन् । उनले महाभारत ३ मिनेटमा, नेपाली शब्दकोष ५ मिनेटमा पढ्न सक्छन् ।

मेमोरी किङ विश्व रेकर्ड कायम गरेका विजय शाहीलाई प्राइम टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा ऋषि धमलाले लिएको अन्र्तवार्ता युट्युबमा ट्रेन्डिङ न.१ मा परेको छ । शाहीको अन्र्तवार्तालाई युट्युबमा १२ लाख भन्दा धेरैले हेरिसकेका छन् । धेरैले मनपराएका छन् । भिडियो हेर्नुहोस्ः

 



प्रतिक्रिया दिनुहोस्