Logo

नासाको टेलिस्कोपले कैद गर्यो शनी ग्रहको रिङ चम्किएको तस्बिर



एजेन्सी, १३ साउन । यो शनि ग्रहको तस्बिर हो जसलाई अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र नासाले कैद गरेको छ । नासाको टेलिस्कोपले यो तस्बिर कैद गर्दा शनि ग्रहमा गर्मीयाम शुरु भएको थियो । त्यसैले उसको रिङ निकै चम्किएको देखिएको छ ।

४ जुलाईमा शनि ग्रहको तस्बिर खिच्दा पृथ्वीबाट ८३ करोड ९० लाख माइल टाढा थियो । शनि ग्रहको उत्तरी गोलाद्र्धमा गर्मीयाम भएको र पृथ्वीतर्फ फर्किएको समयमा तस्बिर खिचिएको हो ।

शनिको वायुमण्डलमा वरफमा सुर्यको बढी प्रकाशले असर गर्दा निकै फरक तस्बिर प्राप्त भएको हो ।-Photo Source: NASA



प्रतिक्रिया दिनुहोस्