Logo

ओलीको सत्ता संकट बढ्यो



काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक विवाद निकै चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले बटमलाइन नै राजीनामा बनाएपछि टकराव बढेको छ ।

ओली कुनै हालतमा राजीनामा नदिने अडानमा कायमै छन् । तर, प्रचण्डसहितको समुह अब वार कि पारमा जाने तयारीमा छ । ओलीको सहज अवतरणको समय दिंदा पनि नटेरेको भन्दै प्रचण्ड र माधव नेपालले अब कडा कदम चाल्ने तयारी गरेका छन् । उनीहरुले पार्टी स्थायी कमिटी बैठक गरेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन् ।

ओलीलाई तत्काल हटाउँदा पार्टी र देशमै राजनीतिक दुर्घटना हुनसक्ने भन्दै उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल सहमतिको प्रयासमा छन् । दुवैले अर्ली महाधिवेशनमा सहमति जनाउने गरी माहोल तयार गर्न खोजेको बुझिएको छ । तर, प्रचण्ड र माधव नेपाल यसमा सहमत भएका छैनन् । उनीहरु कुनै हालतमा ओलीलाई हटाइछाड्ने अडानमा छन् ।

नेकपाभित्र अब ओली हटाउने प्रयास निर्णायक मोडमा पुगेको बुझिएको छ । कुनैपनि बेला ओली या उनी विरोधी पक्षले कठोर कदम चाल्नसक्ने सम्भावना बलियो भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्