Logo

असोज मसान्तसम्मको ब्याज असुलीलाई बै‌ंकहरुले गत आर्थिक वर्षकै आम्दानी मान्न पाउने



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी असोज मसान्तसम्ममा असुल हुने कर्जाको ब्याजलाई गत आर्थिक वर्षको कमाइ मान्न पाउने भएका छन्। केन्द्रीय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको १५ दिनभित्र असुल भएको ब्याजलाई मात्र अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाको रुपमा गणना गर्न पाउँथे।

गत आर्थिक वर्षसम्म इजाजतपत्र प्राप्त संस्थाको लेखानीति बमोजिम लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानी मध्ये यस बैंकको निर्देशन बमोजिम लेखाङ्कन गरिने ब्याज आम्दानी (जस्तैः यस बैंकको पूर्व स्वीकृति लिई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरिएको कर्जामा पुँजीकरण गरिएको ब्याज रकम तथा आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम)बाहेकका अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकम प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गर बाँकी रकमलाई सञ्चित मुनाफालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्ने व्यवस्था थियो। उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिने व्यवस्था थियो।

तर , आव २०७६/७७ को लागि यस्तो अवधि २०७७ असोज मसान्तसम्म कायम गरिएको छ ।

उदाहरणको लागि २०७७ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७७ असोज मसान्तसम्ममा असुल भएमा त्यस्तो रकमलाई बैंक तथा वित्तीय संस्थाले २०७७ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ।

यसले बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफा धेरै घट्नबाट जोगाउने छ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्