Logo

घर बनाउन चाहनेका लागि सस्तो ब्याजमा बैंकहरुको कर्जा



कर्जा लिएर घर जग्गा खरिद गर्न चाहानेहरुको लागि सस्तो ब्याजदरमा नै बैंकहरुले कर्जा उपलब्ध गराउने भएका छन्। साउनयता नयाँ ब्याजदर सार्वजानिक गरेका धेरैजसो बैंकहरुले एकल अंकमा नै कर्जा दिने भएका हुन् ।

कर्जा लिएर घर जग्गा खरिद गर्न चाहानेहरुको लागि सस्तो ब्याजदरमा नै बैंकहरुले कर्जा उपलब्ध गराउने भएका छन्। साउनयता नयाँ ब्याजदर सार्वजानिक गरेका धेरैजसो बैंकहरुले एकल अंकमा नै कर्जा दिने भएका हुन् ।

त्यस्तै सनराइज बैंकले पनि सोमबार मात्रै ८.९५ प्रतिशतमै घर कर्जा लगानी गर्ने गरी नयाँ योजना सार्वजानिक गरेको छ। त्यसैगरी अन्य बैंकहरुमा पनि लगानीयोग्य रकम धेरै नै छ। उनीहरुले पनि घर गाडी तथा शेयर धितोका कर्जा लगानी बढाउन विशेष किसिमका योजन ल्याउने तयारी गरिरहेका छन्।

त्यस्तै विकास बैंकमा पनि संग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशतमै शेयर धितो कर्जा उपलब्ध गराउने गरी नयाँ योजना ल्याएको छ भने महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै आवास कर्जा दिने गरी नयाँ योजना सार्वजानिक गरेको छ।

केही बैंकले ग्राहकलाई एसएमएस नै पठाएर घर तथा शेयर कर्जा लिन बोलाउन थालेका छन्। एनआइसी एशिया बैंकले मोबाइलमा एसएमएस नै पठाएर ८.२५ प्रतिशत ब्याजदरमा कर्जा लिन बोलाएको छ। त्यस्तै अन्य बैंकहरुले पनि न्युन ब्याजदरमा कर्जा लगानी गर्न सर्वसाधारणलाई एसएमएस मार्फत नै सूचना दिन थालेका हुन्।

बैंकहरुले घर कर्जा मात्रै होइन शेयर कर्जा लगायतका अन्य प्रकृतिका कार्जाहरुको ब्याजदर पनि एकल विन्दुमा ल्याइसकेका छन्। लगानीकर्ताहरुले नयाँ शेयर धितो कर्जा एकल अंकको ब्याजदरमा नै लिन थालिसकेका छन् भने व्यवसायीले पनि एकल अंकमै कर्जा पाउन थालेका छन्।

निक्षेप संकलन बढेपनि कर्जा लगानी नबढ्दा बैंकहरुमा तरलता उच्च छ। जसले गर्दा अहिले धेरै बैंकहरुले कर्जाको ब्याजदर एकल अंकमा नै झारिसकेका छन् तर पनि बैंकले सोचे अनुसारको कर्जा लगानी बढाउन सकेका छैनन्। लकडाउन खुकुले भएसँगै बैंकहरुको कर्जा लगानी बढ्ने विश्वास थियो। तर लकडाउन खुकुलो भएपश्चात पनि बैंकरहरुले सोचे अनुसारको कर्जाको माग आएन। पछिल्लो समय कर्जाको माग केही बढ्दै गएपनि बैंकहरुमा लगानीयोग्य रकम उच्च छ जसले गर्दा बैंकहरुले साना कर्जा बढाउन नयाँ नयाँ स्किम ल्याएका हुन्।

बैंकहरुले नयाँ योजना ल्याएर घर कर्जा लिन प्रोत्साहन गरिहेको अवस्थामा घर निर्माण तथा खरिद गर्न चाहने ग्राहकहरुले आवश्यक कागजात पुर्याएर बैंकमा गएपछि सहज रुपमा आवास कर्जा उपलब्ध गराउँछन। बैंकले कागजात पुर्याएर आवेदन गरेको तीन दिनभित्रै ग्राहकलाई आवास कर्जा उपलब्ध गराउने स्कीम ल्याएका छन्।

बैंकहरुले ल्याएको योजना अनुसार आवास कर्जा ४० वर्षभन्दा बढीसम्मको लागि लिन सक्नेछन्। आम्दानी कम हुनेले थोरै मात्र किस्ता तिर्ने गरी लामो समयको आवास कर्जा लिन सक्छन्। तर लामो अवधिको कर्जा लिँदा ब्याजदर भने छोटो अवधिको तुलनामा बढी पर्न जान्छ। ग्राहकहरुले आफ्नो आम्दानी अनुसार कति वर्षमा तिर्न सकिन्छ त्यति नै वर्षका लागि आवास कर्जा लिन सक्छन्।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्