Logo

काठमाडौं उपत्यकामा भारी वर्षा



काठमाडौं, १३ साउन । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । अहिले केही बेरबाट भारी वर्षा भइरहेको हो ।

हिजो अपरान्हबाट देशभर लगातार चार दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान भएकोमा आज विहानबाट उपत्यकामा वर्षा हुनथालेको हो ।

यसैगरी, राष्ट्रिय विपत् प्राधिकरणले बाढी पहिरोको जोखिमलाई दृष्टिगत गरी सतर्क रहन आग्रह गरेको छ । देशका अधिकांश नदीहरु खतरनाक बन्न सक्ने भन्दै सतर्क रहन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्