Logo

अमिताभ बच्चनको किन रोक्किएन आँसु



एजेन्सी, १३ साउन । अमिताभ बच्चनको आँसु राक्किएन ! उनले हिजो खुशीको आँसु बगाएको खुलासा गरेका छन् ।

सोमबार बुहारी ऐश्वर्या राय र नातिनी आराध्या बच्चन कोरोना भाइरस संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएपछि अमिताभले खुशीको आँसु झारेका हुन् । उनले आफूले खुशीले आँसु रोक्न नसकेको भन्दै ट्वीटरमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘मेरो सानी छोरी र बुहारीको अस्पतालबाट मुक्ति मिलेपछि मैंले आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपरम्पार !’

अमिताभ र उनका छोरा अभिषेक कोभिड १९ का कारण मुम्बईको नानाभाती अस्पतालमा उपचाररत छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्