Logo

ठूला नेताको निगरानीमा सिआइबी



काठमाडौं, १३ साउन । गत वर्षको चर्चित मुद्दा बन्यो ललिता निवास जग्गा हिनामिना प्रकरण । दुई पूर्वप्रधानमन्त्रीसमेत मुछिएको यो घटनामा अख्तियारले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर ग¥यो । जसमध्ये हालसम्म एक जना मात्र अदालतमा उपस्थित भएका छन् । विजयकुमार गच्छेदारलगायत नेताहरु फरार नै छन् । यो प्रकरणमा अख्तियारले नेता विष्णु पौडेलका छोरा नवीन पौडेल तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको भन्दै आलोचना भयो । त्यस्तै जग्गा बकस पाउने व्यक्तिहरुले पनि उन्मुक्ति पाएका थिए ।

तर, अख्तियारबाट उन्मुक्ति पाउँदैमा उनीहरुको तनाव सकिएको छैन । प्रहरीले यो प्रकरणमा छुट्टै अनुसन्धान गरिरहेको छ । जसमा पहिले उन्मुक्ति पाएकाहरु समेत फन्दामा पर्ने सम्भावना छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सो प्रकरणमा छुट्टै अनुसन्धान गरिरहेको छ । जसमा नेताहरु पक्राउ पर्ने सम्भावना रहेको स्रोत बताउँछ ।

अख्तियारले मुद्दा दायर गरेका नेताहरु विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठमाथि सिआइबीले फेरि मुद्दा चलाउने छ । अख्तियारले जस्तो तारेखमा बोलाएर नभई पक्राउ गरेर सिआईबीले मुद्दा चलाउनुपर्ने हुन्छ । साथै नेता पौडेलका छोराको हकमा आयोगले के गर्छ भन्ने पनि छ । पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायत पनि छानबिनको घेरामा छन् । उनीहरु निगरानी रहेको सिआइबी स्रोत बताउँछ ।

तर, प्रहरीले उनीहरुलाई पक्राउ गर्ने आँट गर्छ कि गर्दैन रु त्यो विषय महत्वपूर्ण छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका लागि पनि यो मुद्दा सबैभन्दा चुनौतीपूर्ण हुनेछ । दबाबको भरमा अख्तियारले जस्तै गरी उच्च पदस्थलाई उन्मुक्ति दिए सिआईबी मात्र होइन सिंगो प्रहरी संगठन नै बदनाम हुने जोखिम छ । आँट गरेमा जनताको नजरमा प्रहरी संगठन हिरो बन्ने निश्चित छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्