Logo

ओली-दाहालसामू वामदेव गौतमले राखे यस्तो प्रस्ताव, ओलीलाई दुवै पदबाट हटाउन हुँदैन्



काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालसामूह ६ बुँदे प्रस्ताव राखेका छन् । उनले राखेको प्रस्तावको पहिलो बुँदामा अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने रहेको छ ।

त्यस्तै, उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन् । र, पार्टीको एकता महाधिवेशन सहमतिमै गर्नेपनि उनको अर्को प्रस्ताव छ ।

नेता गौतम पछिल्लो समय पार्टी एकताको पक्षमा उभिँदै आएका छन् । उनले कुनैपनि हालतमा पार्टीलाई फुटाउन नहुने भन्दै आफ्नो तर्फबाट एकताको प्रयास गर्दै आएका छन् । उनले अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा राख्नुपर्नेपनि प्रस्ताव गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्