Logo

नेपाल टेलिकमको वेबसाइटबाटै रिचार्ज गर्न मिल्ने



काठमाडौँ १३ साउन: नेपाल टेलिकमले आफ्नो वेबसाइटलाई प्रभावकारी बनाउदै परिमार्जन गरेको छ । वेबसाइटको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने व्यवस्था गरिएको छ । उक्त सेवाबाट रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न सकिने छ ।साथै प्याकेज गिफ्ट दिन पनि सकिन्छ ।वेबसाइटबाटै नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाईसीसमेत भर्न सकिन्छ । रिचार्ज कार्डका ६ वटासम्म अंक मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिनेछ ।

टेलिकमबाट उपलब्ध रोमिङ सेवा, नमस्ते क्रेडिट सेवा, फ्रेन्डस् एन्ड फ्यामिली (एफएनएफ) सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, मिस्ड कल अलर्ट सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुपजस्ता सेवाको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्