Logo

२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर



एजेन्सी, १३ साउन । मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीमाथि लाखौं डलर अनियमितताको अभियोग लागेकोमा अदालतले दोषी ठहर गरेको हो ।

विभिन्न सातवटा मुद्दा दायर भएकोमा सबैमा रजाक दोषी ठहर भएका छन् । सन् २००९ देखि २०१८ बीच प्रधानमन्त्री बनेका उनीमाथि अनियमितताको अभियोग लागेको थियो । अब उनलाई २० वर्षसम्मको जेल सजाय हुनसक्नेछ । तर, उनले अदालतको फैसलाविरुद्ध अपिल गर्ने भएकाले त्यसको टुंगो नलागेसम्म जेल जानुपर्नेछैन ।

सन् २०१८ मा एक करोड ६० लाख डलर उनको बैंक खातामा पुगेको प्रकरणमा रजाक पक्राउ परेका थिए । प्रहरीले उनीबाट १४ सयवटा सिक्री, ५६७ हाते ब्याग, ४२३ वटा घडी, २२ सय वटा औंठी, पौने तीन करोड डलर पर्ने १४ वटा बहुमुल्य धातुको मुकुट बरामद गरेको थियो ।
विलासी जीवन बिताउने नेताको परिचय बनाएका रजाकले अकुत सम्पत्ति कमाएको पाइएपछि कारबाही बढाइएको थियो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्