Logo

यात्रुलाई कोरोना संक्रमण भए स्वास्थ्योपचार, होटलमा क्वारेन्टाइन देखि मृत्यु भएमा अन्तिम संस्कार खर्चसम्म



एजेन्सी, १३ साउन । विमान कम्पनिहरुले यात्रुलाई आकर्षित गर्न र ढुक्कले यात्रा गर्ने अवस्था बनाउन नयाँ योजनाहरु ल्याउन थालेका छन् । विमान कम्पनि इमिरेट्सले यात्रुका लागि कोभिड १९ का लागि अनिवार्य बिमाको व्यवस्था गरेको छ ।

इमिरेट्स कोभिड १९ बिमाको व्यवस्था गर्ने पहिलो विमान कम्पनि भएको छ । बिमा योजना अनुसार यात्रुलाई कोरोना संक्रमण भए यात्रुले उपचार, होटलमा क्वारेन्टाइन देखि मृत्यु भएमा अन्तिम संस्कार सम्मको खर्च समेट्ने जनाइएको छ ।

कोभिड १९ को बिमा यात्रुले विमान चढेको मितिबाट ३१ दिन रहनेछ । यसको शुरुवात भइसकेको र अक्टोबर महिनासम्मका लागि रहनेछ ।



प्रतिक्रिया दिनुहोस्