Logo

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ४९ औं व्यक्ति को हुन्



काठमाडौं, १३ साउन । नेपालमा कोरोना भाइरसबाट थप एकजनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बझाङका एक पुरुषको ९ साउनमा मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनसार मृतक बझाङको बुंगलका दमका रोगी थिए । उनी भारतको बैंगलोराट २४ असारबाट स्वदेश फर्किएका थिए । स्वास्थ्यमा समस्या भई मृत्यु भएका उनको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पत्ता लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्