Logo

तरकारीको मुल्य आकाशियो



काठमाडौ, १३ साउन । अहिले तरकारी र फलफुलको मुल्य वृद्धि भई विगतभन्दा दोब्बर पुगेको छ । साउन लागे यता तरकारीको मुल्यमा बुद्धि भएको हो । लकडाउनको समयमा सस्तिएको तरकारीको मुल्य साउन महिना लागेसँगै ह्वात्तै बढेको छ ।

पछिल्लो पटक एक ढक आलुको मुल्य २२० रुपैयाँ तिरेका मानिसहरु आज एक ढककै ३७० रुपैयाँ तिरेर किन्न बाध्य भएका छन् । वर्षाको समयमा आवागमनमा हुने कठिनाईका कारण तरकारीको मुल्य अत्यधिक मात्रामा बढेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको तरकारीको मुल्य यसप्रकार छन् ।



प्रतिक्रिया दिनुहोस्