Logo

नेकपा विवादः बैठकबारे कुन सत्य कुन झुट (तस्बिरसहित)



काठमाडौं, १३ साउन । आज विहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी गराए । उनले सामाजिक सञ्जालमार्फत् यसको जानकारी गराए ।

तर, नेकपा बैठक स्थगित नभएको जानकारी आयो । बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु गरेको जानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गराए । उनको व्यक्तिगत वेवसाइटमा तस्बिरसहित खबर आयो । बकाइदा बैठक बसेको तस्बिर छ । २९ जना स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्य पनि रहेको देखिन्छन् ।

बैठक चलिरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेताहरु उठेर जान लागेको र मेचहरु खाली भएको तस्बिर सार्वजनिक गरे । बैठक बस्दै नबसी स्थगित भएको सुचना दिए । यसरी नेकपाभित्रको दुई अध्यक्षबाट अलमलाउने खबरहरु बाहिर आयो । एउटा अध्यक्ष बैठक नै नभएको खबर दिइरहेका छन् भने अर्का अध्यक्ष बैठक बसेको खबर दिइरहेका छन् ।

 

Photo Source: Website of Prachanda and Surya Thapa



प्रतिक्रिया दिनुहोस्