Logo

मलेशियाका पूर्व प्रधानमन्त्री रजाकलाई १२ वर्ष कैद सजाय



एजेन्सी, १३ साउन । मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि १२ वर्ष कैद सजाय सुनाइएको छ । उनलाई त्यहाँको अदालतले आज उक्त सजाय सुनाएको हो ।

उनीमाथि लाखौं डलर अनियमितताको अभियोग लागेकोमा अदालतले दोषी ठहर गरिएको थियो । विभिन्न सातवटा मुद्दा दायर भएकोमा सबैमा रजाक दोषी ठहर भएका हुन् । सन् २००९ देखि २०१८ बीच प्रधानमन्त्री बनेका उनीमाथि अनियमितताको अभियोग लागेको थियो ।
सन् २०१८ मा रजाक एक करोड ६० लाख डलर उनको बैंक खातामा पुगेको प्रकरणमा पक्राउ परेका थिए ।

प्रहरीले उनीबाट १४ सयवटा सिक्री, ५६७ हाते ब्याग, ४२३ वटा घडी, २२ सय वटा औंठी, पौने तीन करोड डलर पर्ने १४ वटा बहुमुल्य धातुको मुकुट बरामद गरेको थियो ।

विलासी जीवन बिताउने नेताको परिचय बनाएका रजाकले अकुत सम्पत्ति कमाएको पाइएपछि कारबाही बढाइएको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्