Logo

प्रचण्ड र माधव नेपालमाथि यसरी खनिए केशब बडाल (भिडिओसहित)



काठमाडौं, १४ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता केशब बडालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने दाबी गरेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘विशेष कुराकानी’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले एकलौटी रूपमा स्थायी कमिटी बैठक राख्नु गलत भएको उनको तर्क छ । उनले हिजोको बैठकलाई बैठक भन्न नमिल्ने भन्दै त्यसलाई भेलाको संज्ञा दिए । पार्टी कार्यालयका दुवै सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बैठक स्थगित् भएको सूचना विहानै १०ः३० बजे दिएकोले हिजोको बैठकलाई बैठक भन्न नमिल्ने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्