Logo

चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर



एजेन्सी, १४ साउन । चीनले मङ्गल मिसनका लागि पठाएको तियानवेन-१ ले तस्बिरहरु पठाइरहेको छ । जसमध्ये एउटा आकर्षक तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा पृथ्वी र चन्द्रमा दुवै अर्ध गोलाकार देखिन्छन् । अन्धकार अन्तरीक्षमा अर्ध गोलाकारका दुई वस्तुहरु आकर्षक देखिन्छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङले ट्वीट गर्दै पृथ्वीबाट १२ लाख किलोमिटर टाढाको अन्तरीक्षबाट तस्बिर पठाएको उल्लेख गरेका छन् । उनले भनेकी छिन्, ‘पृथ्वी र चन्द्रमा एक अर्कालाई विशाल अन्तरीक्षमा नियालिरहेका छन् ।’-Photo Source: CNSA



प्रतिक्रिया दिनुहोस्