Logo

गायक एस कुमारको संयोजनमा सोती घटनामा ज्यान गुमाएकाका परिवारका लागि पाँच लाख संकलन



काठमाडौं, १४ साउन । मैंले छोएको पानी चल्दैन ! गायक एस कुमारले समाजमा जातीय विभेदविरुद्ध यो गीतमार्फत धक्का दिए । यही गीतले उनलाई लोकप्रीयताको शिखरमा मात्र पुर्याएन समाज परिवर्तनका अभियानकर्ता पनि बनायो ।

उनै एस कुमारले रुकुमको सोतीमा छ जना युवाको ज्यान जाने गरी भएको घटनामा देश विदेशमा रहेकाहरुबाट पाँच लाख रुपैयाँ संकलन गरे भुमिका निभाए । राष्ट्रिय कलाकार समुहका तर्फबाट एक कुमारले अध्यक्षका रुपमा रकम संकलनमा भुमिका निभाएका हुन् । उक्त रकम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको हातबाट भेरी नगरपालिका प्रमुख सीपी घर्तीलाई हस्तान्तरण गराए ।

जातीय विभेद र छुवाछुतका कारण बनेको सोती घटनामा प्रेमिकालाई विवाह गरी घर ल्याउन साथीहरुसहित पुगेका नवराज विक मारिएका थिए । उनका अन्य छ जना साथीहरु पनि भेरी नदीमा फालिएका थिए । उनीहरुको शव धेरै दिन लगाएर पत्ता लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्