Logo

मोदीले गरे राफेल युद्धक विमानको स्वागत



एजेन्सी, १४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले राफेल युद्धक विमानको स्वागत गरेका छन् । फ्रान्समा निर्मित युद्धक विमानको पहिलो लटको पाँच विमानलाई उनले भारतीय एयर फोर्सको केन्द्रीय कार्यालयमा अम्बाला पुगी स्वागत गरेका हुन् ।

पाँचवटा राफेल विमानलाई भारत प्रवेशसँगै दुईवटा सुखोई-३० एमकेआइ युद्धक विमानले विशेष सुरक्षा दिएका थिए । विमान सोमबार फ्रान्सबाट प्रस्थान गरेको थियो ।

भारतले सन् २०१६ मा फ्रान्ससँग ३६ वटा राफेल युद्धक विमान खरिद सम्झौता गरेको थियो । दुईवटा इन्जिन जडित विमान ५ खर्ब ८० अर्ब भारतीय रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

भारतमा उत्रिएको राफेल विमान आकाशमै तेल भर्ने क्षमता राख्छ । फ्रान्सबाट भारत आउँदै गर्दा पाँचवटै राफेल युद्धक विमानमा आकाशमै तेल भरिएको भारतीय सञ्चारमाध्यमले तस्बिरसहित सार्वजनिक गरेका छन् ।

फ्रान्सेली तेल भरिएको ट्यांकर जडित विमानले ३० हजार फिट उचाईमा राफेल युद्धक विमानलाई तेल भरिदिएको थियो ।-Photo: Twitter/@DefenceMinIndia



प्रतिक्रिया दिनुहोस्