Logo

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट दुईजनाको मृत्यु



वीरगञ्ज १४ साउन । देशमा थप दुईजना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ । आज वीरगञ्जमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज मृत्यु हुने दुवै पुरुषहरु छन् । जसमध्ये ७० वर्षीय पुरुषको नेसनल मेडिकल कलेज र ६५ वर्षीय पुरुषको गण्डक कोभिड अस्थायी अस्पतालमा निधन भएको हो ।

नेसनल मेडिकल कलेजमा मृत्यु भएका पुरुषको मृत्युपछि स्वाब संकलनका क्रममा कोभिड १९ पत्ता लागेको बुझिएको छ ।
देशमा आज मृत्यु भएका दुईजनासँगै कुल कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । यसको पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्