महाकालीमा पानीको बहाव बर्षकै उच्च


कञ्चनपुर, साउन १५ । मंगलबारदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ।

प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ। भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेज (बनवासा पुल) मा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो।

बन्दाबन्दीका कारण भारतबाट सिमित समयमा नेपाली सो नाकाबाट फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन्। वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा जान दिएको छैन् ।