Logo

विश्वभर एक करोड ७१ लाख कोरोना संक्रमित, ६ लाख ७० हजारको मृत्यु



काठमाडौं, १५ साउन । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ७१ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ६ लाख ७० हजारको संक्रमणबाट मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यहाँ ४५ लाख ६८ हजार संक्रमित संख्या पुगेको छ जसमध्ये एक लाख ५३ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा २५ लाख ५५ हजार संक्रमितमध्ये ९० हजारको मृत्यु भएको छ । भारतमा १५ लाख ८४ हजार संक्रमितमध्ये ३५ हजारको मृत्यु भइसकेको छ ।

रुसमा ८ लाख २८ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ १३ हजार ६ सयको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्