Logo

देशभर वर्षाः यी नदीका तटीय क्षेत्रमा खतरा



काठमाडौं, १५ साउन । आज देशभर वर्षा भइरहेको छ । देशभर भइरहेको मध्यम तथा भारी वर्षाका कारण नदीहरुको बहाव बढ्ने बाढी सुचनाले जनाएको छ ।

आज राप्ती नदीमा बहाव बढेने र सतर्कता आसपास हुने जनाइएको छ । बागमती, पश्चिम राप्ती, बबई, तिनाउका केहि साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी सूचनाले जानकारी दिएको छ । भोलि र पर्सी प्रमूख नदीमा बहाव केहि घट्नेछ ।

यसैगरी पछिल्लो केही घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको भारतीय सीमा आसपास र कैलाली कञ्चनपुरमा मध्यम बर्षा भईरहेकोले खतरा बढ्ने जनाइएको छ । तटिय क्षेत्र र डुबान भईरहने होचा स्थानमा सतर्क रहन भनिएको छ ।-Photo Source: MFD



प्रतिक्रिया दिनुहोस्