Logo

रञ्जन कोइराला छोरासहित मिडियामा, श्रीमतीको हत्याबारे के भने ? (भिडिओसहित)



काठमाडौं, १५ साउन । कैद मिनाह गरेर रिहा भएका पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाले आफूले श्रीमतीको हत्या नै नगरेको जिकिर गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर कोइराला साउन ८ गते जेलमुक्त भएका थिए । उनलाई लिन डिल्लीबजार कारागारमा उनकी प्रेमिका तारा रेग्मी पुगेकी थिईन् । रञ्जन कोइराला र उनका छोरा आयुष पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा आएका छन् । उक्त कार्यक्रममा रञ्जनले आफूलाई अदालतको फैसला मान्य हुने बताए । उनले भने,’सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलाअनुसार म बाहिर छु ?’

सुरुदेखि नै प्रहरीले निश्पक्ष छानबिन नगरेको उनको आरोप छ । आफूमाथि लगाईएका आरोप झुठो र कपोकल्पित भएको पनि उनको दाबी छ । श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए । सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्