Logo

गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ : केशब स्थापित (भिडिओसहित)



काठमाडौं, १५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा बाग्मती प्रदेशका सांसद केशब स्थापितले नेपालले जतिसक्दो चाँडो गाँजा खेतीलई वैधानिकता दिनुपर्ने बताएका छन् । देश धनी बनाउनको लागि गाँजालाई लिगलाईज गर्नुपर्ने उनको तर्क छ । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता स्थापितले अहिलेपनि चार लाखले संगठित रुपमा गाँजा खेती गरिरहेको स्पष्ट पारेका हुन् । त्यस्तै, उनले मुलुकको २० प्रतिशत भूभागमा आँफैं उम्रिएको गाँजा रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्