Logo

हजुरबाबु उमेरका भुवन र नातिनी उमेरकी साम्राज्ञीबीचको द्वन्द्व कहाँ पुगेर टुंगिएला ?



काठमाडौं, १५ साउन । चलचित्र ‘ड्रिम्स’ मा भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहलाई डेब्यु गरे । पुतली जस्तै साम्राज्ञी यही चलचित्रले चर्चा आइन् । उनी युवाहरुको मनमा बस्न पनि सफल भइन् ।

ड्रिम्समा भुवन निर्देशक थिए । भुवनका छोरा अनमोल केसी नायक र साम्राज्ञी नायिका रहेको चलचित्रमा यी दुईको चर्चा भयो ।

ड्रिम्सले साम्राज्ञीलाई रातारात स्टार बनायो तर सोही फिल्म सुटिङमा घटित घटना देखि त्यसपछिको अवस्थालाई लिएर धेरै तथ्य उदांगो हुनथालेको छ । साम्राज्ञीले भुवनलाई आफूमाथि र्दुव्यहारको आरोप लगाइन् । त्यसपछि भुवनले सामाजिक सञ्जालमा साम्राज्ञीविरुद्ध लेख्न थाले ।

भुवन सदाबहार नायक हुन् । उनीमाथि यौन र्दुव्यवहारको आरोप आफैमा गम्भीर विषय हो । उमेरले ६० कटेका भुवनभन्दा साम्राज्ञी तीन गुणा कान्छी छिन् । हजुरबाबु उमेरको भुवनसँग उनको शितयुद्ध नै चल्यो । भुवनले चलचित्र कलाकार संघमा साम्राज्ञीविरुद्ध मानहानी गरेको भन्दै उजुरी दिए । पछि अदालतमा मुद्दा दायर समेत गरे ।

भुवनको कदमपछि साम्राज्ञी झन् कडा बन्न थालेकी छिन् । उनीपनि अदालत पुग्ने तयारीमा छिन् । आफूमाथि विभिन्न कोणबाट डर धम्की आउन थालेको भनेकी छिन् । भुवन र साम्राज्ञीबीचको द्वन्द्वले चलचित्र क्षेत्रलाई लकडाउन लागेपनि हल्ला झन् बढेको छ । अदालतसम्म पुगेको विवाद कहाँ पुगेर टुंगिने हो चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्