Logo

सुन तोलाको ९९ हजार



काठमाडौ, १५ साउन । आज नेपाली बजारमा सुनको मुल्य लाख नजिक पुगेको छ । बिहिबार छापावाल सुन प्रतितोलामा ९९ हजार भएर आजसम्म कै नयाँ रेकर्ड कायम गरेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधवार छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो । आज ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

यो हालसम्म कै सुनको उच्च विन्दुको मुल्य हो । पछिल्लो समयमा बढ्दै आएको चाँदीको मुल्य आज भने बढेको छैन । बिहीवार चाँदीको मुल्य १२ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्