Logo

सोनु निगमको विवादमा फस्ने पुरानै बानी, पाँच विवादास्पद विषय



एजेन्सी, १५ साउन । बलिउडका चर्चित गायक सोनु निगम आफ्नो राम्रो आवाज र गीतले चिनिन्छन् । उनले आजसम्म धेरै सुपरहिट गीत गाएका छन् । आज सोनुको जन्मदिन हो । उनको जन्म सन् १९७३ जुलाईमा हरियाणाको फरियाबादमा भएको थियो । आज सोनु निगमाले परिवार र साथीहरुसँग जन्मदिन मनाइरहेका छन् । उनले जति धेरै गीत गाएका छन् त्यति धेरै विवादमा पनि परेका छन् । सोनु निगम र विवाद एक अर्काको अपरिहार्य भएका छन् ।

उनी सामाजिक सञ्जालमा सधै अन्दाजमा बोल्ने गरेकाले उनले बोलेका शब्दले सोनुलाई दुःखमा फसाएको छ । आज हामीले उनका विर्सन नसकिने ५ विवादको बारेमा छोटो चर्चा गर्नेछौ । जस्ले उनलाई दुःखमा पारेको थियो ।

१. सुशान्तको निधनपछि उठेको नाताबादलाई लिएर सोनुले टि–सीरीजका मालिक भुषण कुमारमाथी हानेको व्यंग गर्दै एक भिडियो सेयर गरे । जसमा सोनुले आश्चर्यमा पार्ने खुलासा गरेका थिए । उक्त व्यंगको जबाफ भुषणकी पत्नीले सामाजिक सञ्जाल मार्फत दिइन् ।

२. धेरै समय अगाडी सोनुले अनाजमा एक आपत्तिजनाक ट्विट गरेका थिए त्यहि ट्विट सोनुलाई निकै भारी भयो । उक्त अजानमा आपत्तिजनक भन्दै उनीमाथी मुद्दा समेत दायर भएको थियो ।

३.२०१५ मा सोनुले ट्विटरमा राधे आमा देवी काली आमा को रुप बताएका थिए । त्यसको केही समयपछि उनको विरोध भएको थियो ।

४. २०१५ मा नै किसानले गरेको आत्महत्याको विषयमा कुमार विश्वासको सर्मथन गर्दै सोनुले ट्विट गरेका थिए । उनले सेयर गरेपछि कुमार विश्वास दुःखमा फसे ।

५. एक एयरवेजमा यात्राको क्रममा सोनुले गीत गाएकोले आफै फसे । उनकै कारण क्रु मेम्बर्स निलम्बित नै भएका थिए ।



प्रतिक्रिया दिनुहोस्