Logo

विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय



काठमाडौं, १५ साउन । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिए ।

विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको बताए । उनले भने, ‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कक्ष सञ्चालन गर्न पाइने छैन । विद्यालयहरु खाली गरी निर्मलीकरण गरी अध्यापन योग्य बनाउनुपर्छ ।’

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउन शिक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको र साउनभर शिक्षकहरुलाई विद्यालय पुगिसक्न निर्देशन दिइएको छ । सरकारले १ भदौबाट लागू गर्ने गरी विद्यालय सञ्चालनको कार्यविधि तयार गरिरहँदा सरकारका प्रवक्ता डा. खतिवडाको पछिल्लो भनाई सार्वजनिक भएको हो । १ भदौबाट विद्यालय भर्ना शुरु गरिएको जानकारी दिइसकिएको छ ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी लकडाउन अगावै ५ भदौबाट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय अनलाइन कक्षा सञ्चालनको कार्यविधि बनाएर काम गरिरहेकोमा १ भदौबाट भर्ना गरेर सञ्चालन गर्न लागेको हो ।-Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्