Logo

सुशान्तको आत्महत्या प्रकरणमा रियालाई गिरफ्तार गर्न वकिलको माग



एजेन्सी, १५ साउन । दिवंगत सुशान्तको पिताले कलाकार रिया चक्रवर्तीविरुद्ध एफआईआर मा मुद्दा हालेपछि अन्तरिम जमानतको लागि आवेदन दिने जानकारी आएको छ । एक हलिया रिर्पोटमा भनिएको छ सुशान्तको परिवार वकिल चाहान्छन् कि सुशान्तको प्रेमिका रियालाई गिरफ्तार र सलाखोको पछि पर्छन् ।

स्वर्गीय अभिनेता सुशान्तको पिता केके सिंहले न्यायको माग गर्दै पटनामा एक निवेदन दिएका छन्, उनको विषयमा गम्भीर मोड आएको छ । जसमा सुशान्तकी प्रेमीका रिया र पुर्व म्यानेजर रहेका छन् । उनले अन्तरिम जमानतको लागि आवेदन गर्ने भएका छन् । सुशान्तको परिवारले रियाको गिरफ्तार गर्न चाहेमा वकिललाई भन्न सक्छन् ।

सुशान्तको परिवारको वकिलले रिया चक्रवर्तीसहित केही मानिसलाई विस्फोटक आरोप लगाएका छन् र सुशान्तको पिता केके सिंहले पनि एफआईआरमा मुद्दा दिएका छन् । एक अन्र्तवार्तामा सुशान्तको परिवारका वकिलले भनेका छन्, ‘रियाले सुशान्तको पिता र परिवारसँग कुरा गर्न सुशान्तलाई बन्द गरेकी थिइन् । पिता बडी गाडको माध्यमबाट छोरो सुशान्तलाई भेट्न कोशिश गर्दा पनि कुरा गर्न दिइनन् । यदि आफ्नो प।िवारसँग नटाढिएको भए सुशान्तले आत्महत्या गर्दैन थिए । र यो योजनाबद्ध तरिकाले भएको छ । ’

उनले अगाडी भनेका छन्, पटना प्रहरीले रियालाई गिरफ्तार गर्न कुनै प्रयास गरेको छैन र मलाई लाग्छ सुशान्तको आत्महत्यामा रियाको बाहेक अरुकसैको हात छैन । रियालाई गिरफ्तार गर्नैपर्छ र सोधपुछ गर्न आवश्यक छ । ’



प्रतिक्रिया दिनुहोस्