Logo

बाहुबलीको निर्देशक एसएस राजमौलीसहित सबै परिवारमा कोराना पोजेटिभ



एजेन्सी, १५ साउन । बहु प्रतिक्षित फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजमौलीसहित उनका सबै परिवारमा कोरोना पोजेटिभ भएको छ । निर्देशक आफैले सामाजिक सञ्जालमा ट्विट गरेर जानकारी दिएका हुन् । हालसम्म आत्तिन पर्ने छैन निर्देशकसहित सबैजनाको अवस्था सामान्य छ ।

उनले गरेको ट्विट अनुसार उनका परिवारमा केहिदिन देखि ज्वरो आइरहेको थियो र कोरोना जाँच गराउदा पोजेटिभ देखिएको हो । तर सबैको स्वास्थ्य सामान्य छ ।

राजमौलीले ट्विट गर्दै लेखेका छन्, ‘मलाई र मेरो परिवारलाई केहि दिनबाट ज्वरो आइरहेको थियो । विस्तारै विस्तारै ठिक हुँदै जाँदा कोरोना जाँच गरायौ । जाँचको नतिजा आएपछि मात्र थाहा भयो कि कोरोना भाइरसको लक्षण हो । लक्षण थाहा पाएपछि सबैजना डाक्टरको सल्लाहमा होम क्वारेन्टाइनमा बसेका छौ । ’

उनले अर्को ट्विट गर्दै लेखेका छन्, ‘हामी सबैमा अहिले कुनै लक्षण देखिएको छैन तैपनि सावधानी पुर्वक प्रतिरक्षा प्रणालीको विकासको प्रतिक्षामा छौ ताकी प्लाज्मा डोनेट गर्न सकौ ।राजमौलीले छिट्टै दर्शकको लागि फिल्म ‘आरआरआर’ लिएर आउदैछन् । अजय देवगन, आलिया भट्ट, श्रेया सरन र जुनियर लीड रोलमा एनटी रामा रावको भुमिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्