Logo

छोरीको विवाहमा विषालु चिज दिदा सबै खुशी



आमा –बुवाले आफ्नो छोरा छोरीको विवाहको लागि हरेक किसिमका सामान जोड्छन् चाहे छोरा होस् वा छोरी । सबैको विवाह धुमधामसँग गर्न चाहन्छन् । छोरीको विवाहमा घरायसी सामान दिएर व्यवहारिक काममा सजिलो बनाइदिन्छन् । तर एक स्थानमा बाबु आमाले छोरीको विवाहमा विषालु सर्प दिने चलन छ । भारतको मध्य प्रदेशमा चलिआएको प्रथा हो । गौरिया समुदायमा यस्तो प्रथा चलिआएको छ । जहाँ सामान्यतया आफ्नो छोरीलाई घरायशी काममा प्रयोग हुने चिज दिने गर्छन् । गौरिया समुदायमा भने २१ विषालु सर्प छारीलाई दाइजो दिन्छन् ।

छोरीलाई दाइजो दिने सर्प सामान्य नभइृकन विषालु हुन्छन् । गहुंआ र डोमी नाम ष्रेका विषालु जातीका सर्प दाइजो स्वरुप दिने गर्छन् । सर्प दिनुको पछाडी उक्त समुदायको मान्यता छन् । छोरी वा ज्वाईले सर्पको प्रयोग गरेर जिन्दगी गुर्जान सकुन वा कमाई गरेर जीवन चलाउन । विवाहमा छोरी पक्षले सर्प नदिएमा विवाह छिट्टै टुट्ने विश्वास गर्दै आएका छन् । गौरिया समाजमा सर्प पाल्ने गर्छन् । सर्प नै मुख्य पेशा हो र सर्पबाट नै दैनिक आम्दानी गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्