Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका तीन जना को को (विवरणसहित)



काठमाडौं, १५ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीनजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । तीनैजनाको हिजो निधन भएको थियो ।

मृत्यु हुनेमा एकजना मोरङका र दुईजना पर्साको वीरगञ्जका स्थायी बासिन्दा भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृतकमध्ये दुईजना दीर्घरोगी भएको समेत जानकारी दिइयो ।

मृतकको विवरण
१. मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष । १४ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको । ज्वरो आई समस्या भएको । भारत आवतजावत गरिहरने । कोभिड अस्पताल विराटनगरबाट धरान अस्पताल रिफर गरेको । १४ साउनमै कोभिड १९ पुष्टि भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
२. पर्साको वीरगञ्जका ७० वर्षीय पुरुषको १४ साउनमा मृत्यु । मुटु तथा मृगौलाको समस्या भई ८ साउनमा नारायणी अस्पतालमा भर्ना भई उपचार भइरहेकोमा १४ साउनमा निधन भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
३. पर्साको वीरगञ्जका ६८ वर्षीय पुरुषको १४ साउनमा मृत्यु । ७ साउनमा कोरोना पुष्टि भएको । मृगौलाको समस्या हुँदै आएका उनी झाडापखालाको उपचारका लागि निजी अस्पतालमा जाँच गराई १३ गते नारायणी अस्पताल पुगेको । आइसीयुमा राख्न नसकेपछि नेस्नल मेडिकल कलेजमा भर्ना भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको



प्रतिक्रिया दिनुहोस्