Logo

कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर



एजेन्सी, १५ साउन । कोरोना भाइरस सन् २०१९ को अन्तमा चीनको हुआन शहरमा भेटिएको भनिदै आएको छ । तर, यो दशकौं अघि अस्तित्वमा रहेको खुलेको छ ।

कोरोना भाइरस दशकौँ अगाडी हर्स शु चमेरोमा देखिएको अनुसन्धानले ठहर गरेको छ । हर्स शु चमेरोमा कोरोनाको प्याथोजेन अत्याधिक मात्रामा पाइएको पेनिसल्भेनिया राज्य विश्वविद्यालयको सक्रमक रोग गतिशीलताको केन्द्रका प्रोफेसर मेसिज बोनीले नेचर बायोलोजीमा मंगलबार प्रकाशण गरिएको अध्ययनमा उल्लेख गरेका हुन् ।

भाइरसको वंश पत्ता लगाउनु एकदमै महत्त्वपूर्ण मानिएको छ । मानिसमा देखिएको भाइरस हर्स शु चमेरोमा देखिएको भाइरससित एकदम मिल्ने भएको कारण यस्को अध्ययन र अनुसन्धान आवश्यक रहेको विज्ञहरु बताउँछन् । तत्काल अनुसन्धान थालियो भने भविष्यमा उक्त भाइरसकोबाट जोगिन मद्दत मिल्ने समेत विज्ञहरुले बताएका छन् । अन्वेषकहरूले चेतावनी दिए कि चमेरोमा रहेका अन्य भाइरस वंशहरू मानिसहरूमा फैलिने सम्भावना छ ।

मानव जातीमा त्रसित बनाउन आकार लिएको भाइरसको अध्ययन गर्न चूनौतीपूर्ण हुने विज्ञहरुले औँल्याएका छन् । उक्त अनुसन्धानमा विश्वव्यापी रुपमा एक हुन् विज्ञहरुले पहल समेत गरेका छन् । हर्स शु चमेरोमा पाइएको भाइरसको अनुसन्धान जारी रहेको जनाइएको छ । जसले विश्वस्त गराउँछ की अहिले उत्पत्ती भएको भाइरस दशकौ पूरोना हो र यो प्रमाणित गर्दछ की भाइरस सजिलै मानिसमा सर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्