Logo

रञ्जन कोइरालाले खोले आफूले गोली खाएको विषय (भिडियोसहित)



काठमाडौं, १५ साउन । पत्नी हत्यामा दोषी ठहर भई साँढे आठ वर्षपछि रिहा भएका पूर्व डिआइजी रञ्जन कोइरालाले आफ्नोबारे महत्वपूर्ण खुलासा गरेका छन् । उनले आफूले विगतमा गोली समेत खाएको खुलाएका हुन् ।

ऋषि धमलासँग हिजो प्राइम्स टाइम टेलिभिजनमा अन्तवार्ता दिदै आफूले हात र खुट्टामा गोली खाएको खुलासा गरेका हुन् । उनले हात र खुट्टामा देखाउँदै भने, ‘हामीले पनि लडेको हो, यी हेर्नुहोस् गोली खाएको ।’

‘गणतन्त्र र राजनीतिक प्रणालीलाई असफल बनाउने सानो प्रयास यतैबाट हुन्छ भनी देखाउन खोज्ने ?’ उनले प्रश्न गरे । कोइरालाले पत्नी हत्या नगरेको पटक पटक दाबी गरिरहे । उनले आफू ग्रान्ड डिजाइनको शिकार भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्