Logo

मङ्गल ग्रहमा अमेरिकाद्वारा यान प्रक्षेपण, पहिलो पटक अर्को ग्रहमा हेलिकोप्टर उड्ने



एजेन्सी, १५ साउन । अमेरिकाले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण गरेको छ । अमेरिकी अन्तरीक्ष अध्ययन केन्द्र नासाले मङ्गल मिसनमा आज पठाएको यानसँगै सानो हेलिकोप्टर पनि जडित छ ।

नासाले फ्लोरिडाको केपी कानाभेरलबाट रकेट प्रक्षेपण गरेको हो । यो नासाको असाध्यै महत्वाकांक्षी मिसन अन्र्तगतको हो ।
यान सन् २०२१ को फेब्रुअरी महिनामा मङ्गल ग्रहमा पुग्ने अनुमान गरिएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्स र चीनले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण पठाइसकेका छन् । यो वर्ष मङ्गल ग्रह पृथ्वीबाट निकै नजिक आउने भएकाले पनि तीनवटै देशले यान पठाएका हुन् ।-Photo Source; NASA



प्रतिक्रिया दिनुहोस्