Logo

सुनको मूल्य अहिलेसम्मकै महंगो, यस्तो छ आजको बजार भाउ



काठमाण्डौ, साउन १६ । शुक्रबार छापावाला सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। विहिबार ९८ हजार पाँच सय रहेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो अहिलेसम्मकै महंगो हो। सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ। चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्