Logo

कालापानीको मुद्दामा पन्छियो चीन; राजदूत यान्छीले भनिन्-कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो



काठमाडौं, १६ साउन । नेपालले कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको नयाँ नक्शा जारी गरिसक्दा चीनले उक्त भुभागलाई नेपाल र भारतको आन्तरिक विषय भएको जवाफ दिएको छ । चीनले नेपाल र भारतले छलफलद्वारा यो मुद्दालाई सुल्झाउने आशा समेत व्यक्त गरेको छ ।

नयाँ पत्रिकासँग अन्तवार्ता दिदै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भनिन्, ‘कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो ।’ कालापानी र लिपुलेकमा धारतको दाबीलाई चीनले किन सहयोग पुर्याउन खोज्दैछ भनी सोधिएको प्रश्नमा उनले नेपाल र भारतबीचको विषय हो भनेकी हुन् । उनले परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिनेछन् भन्ने विश्वास समेत व्यक्त गरिन् ।

सन् २०१५ मा लिपुलेकमार्फत् द्विपक्षीय व्यापारका लागि सहमति गरेका थिए । नेपाली भुमि लिपुलेकबाट व्यापार गर्ने भनेर सम्झौता गर्दा नेपालसँग चीनले पनि कुनै छलफल र परामर्श गरेको थएन । त्यसको विरोधमा नेपाल सरकारले कुटनीतिक नोट नै पठाएको थियो । चीनको समेत लिपुलेक मार्गमा सहमति र सम्झौताको विषय उठिरहँदा चिनियाँ पक्षको धारणा सार्वजनिक भएको हो ।

राजदूत यान्छीले सन् २०१५ को चीन र भारतबीचको हस्ताक्षरित संयुक्त वक्तव्य विवादित भूभागको सम्प्रभुतासँग संलग्न नभएको तर्क गरिन् । उनले यसलाई परम्परागत व्यापार च्यानल केवल सीमाका बासिन्दाको सुविधाको लागि मात्र भएको टिप्पणी गरिन् । नेपाल र भारतबीच सम्बन्धमा उतारचढाव आउँदा चीनलाई तान्न केही शक्तिले प्रयास गर्ने गरेको समेत बताइन् ।

उनले एमसीसी र बीआरआईको तुलना गर्न नचाहेको बताइन् । उनले भनिन्, ‘एमसीसीको नितान्त नेपाल र अमेरिकाबीचको विषय हो ।.



प्रतिक्रिया दिनुहोस्