Logo

वीरगञ्जमा कोरोना बन्यो भयावह, जगदम्बाका सीइओसहित तीन पुरुषको संक्रमणबाट मृत्यु



वीरगञ्ज, १६ साउन । वीरगञ्जमा कोरोना भाइरस महामारी बनेको छ । गएराति वीरगञ्जमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमध्ये जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत पनि छन् । उनी ५६ वर्षीय भारतीय नागरिक हुन् । अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा उनको निधन भएको हो । उनी मुटुका दीर्घरोगी थिए । मुटुको बाइपास सर्जरी भएका उनी ७ साउनमा अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति साँढे ११ बजे सीइओको निधन भएको पुष्टि भएको छ ।
मृत्यु हुने अन्य दुई पुरुषमा नगवालका ३५ वर्षीय पुरुष र छपकैयाका ६५ वर्षीय पुरुष छन् ।

यसैगरी, देशमा हालसम्म मृतक ५५ मध्ये सबैभन्दा बढी मृत्यु वीरगञ्जमा नै भएको । मेयर विजयकुमार सरावगी नै कोरोना संक्रमित भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्