Logo

सुनकाण्डमा बाँडिचुँडी पन्ध्र लाख



काठमाडौं, साउन १६ । १५ केजी सुन प्रकरणमा प्रहरी अधिकृतहरुवीच १५ लाखसम्म लेनदेनको कुरा मिलेको अनुसन्धान क्रममा खुलेको छ भने फितलो कमाण्ड कन्ट्रोलका कारण दरबारमार्ग प्रहरी बृत्तबाट हटाइएका डिएसपी रञ्जन दाहालको ठाउँ अर्का डिएसपी राजेन्द्र पौडेल हाजिर भएका छन् ।

मंगलबार कमलादीस्थित नबिल बैंक अगाडि तस्करीको सुनसहित सवार स्कोरपियो जिपमा कारोबारीहरु फरार भएका थिए । डिएसपी दाहालले त्यस्तो स्थितिमा आन्तरिक समन्वय गर्न नसक्दा सिंगो प्रहरी संगठनको छविमा प्रश्न उब्जाइएको थियो ।

उनलाई बिहीबार अपराह्न दरबारमार्गबाट प्रहरी प्रतिष्ठानमा काज सरुवा गरिएको जन आस्था साप्ताहिकले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्