Logo

कोरोनाविरुद्धको खोप एक महिनाभित्र आउँदै, चार कम्पनि दौडमा अगाडि



प्रभात सिंह: अब कोरोना भाइरसविरुद्धको खोप केही महिनाभित्रै सँसारभर उपलब्ध हुने भएको छ । विश्वभर विकास भइरहेका भ्याक्सिनमध्ये अधिकांश सफलतातर्फ उन्मुख भएकाले उत्पादनको तयारी समेत भएको छ । सन् २०२० भित्र नै भ्याक्सिन उपलब्ध हुने  निश्चितप्रायः भएको छ । यो मानव जातिको महामारीविरुद्धको लडाईंमा ठुलो जित सावित हुनेछ ।

सँसारभर २५ प्रतिष्पर्धी कम्पनिले भ्याक्सिनको मानव परीक्षण शुरु गरिसकको छन् । पाँचवटाले दोस्रो चरणको परीक्षण गरको छन् । एक सय ३९ वटा कम्पनि प्रिक्लिनिकल परीक्षणको अवस्थामा छन् । सबैभन्दा अग्रपंक्तिमा रहेका खोप निमार्तामा रुसको गामेलिया, अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर छन् ।

भ्याक्सिन निर्मातामध्ये रुस सबैभन्दा अगाडि देखिएको छ । उसले उत्पादन नै शुरु गर्ने घोषणा गरिसकको छ । अमेरिका, चीन र भारत पनि खोप विकासको दौडमा अग्रपंक्तिमा छन् । विश्वका प्रतिष्ठित विश्वविद्यालय र रिसर्च संस्थाहरु पनि खोप विकासको दौडमा छन् । खोप निर्माणमा हासिल भएका महत्वपूर्ण उपलब्धिहरु जर्नलमा प्रकाशित छन् ।

को को अगाडि
रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा बाजी मार्ने देखिएको छ । उसले खोप विकास अन्तिम चरणमा पुर्याएर अर्को महिनाको मध्यसम्ममा अनुमति लिएर प्रयोगमा ल्याउँदैछ । सार्वजनिक प्रयोगमा अगष्टको अन्त या सेप्टेम्बरसम्म ल्याउने भएको छ । दोस्रो चरणको परीक्षणमा रहेपनि यसले तेस्रो चरणको परीक्षण छिट्टै गर्ने र प्रयोगमा ल्याउने भएको हो ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको भ्याक्सिन बाँदरमा परीक्षण गर्दा प्रभावकारी देखिएको छ । आस्ट्राजेनेकासँग मिलेर अक्सफोर्डले विकास गरिरहेको भ्याक्सिनले बाँदरमा कोरोना संक्रमण रोकथाम गरेको छ ।

नेचर जर्नलका अनुसार भ्याक्सिन बाँदरमा प्रभावकारी पाइएको छ । नेचर जर्नलमै प्रकाशित अर्को अनुसन्धानमुलक लेखले जोन्सन एन्ड जोन्सले विकास गरिरहेको भ्याक्सिन पनि प्रभावकारी पाइएको जनाएको छ ।

बिहिबार अलग लगल अनुसन्धानमुलक लेखले भ्याक्सिनको प्रभावकारीताबारे उल्लेख गरेको हो । दुवै भ्याक्सिनको परीक्षण अब मान्छेमा हुने भएको छ । अक्सफोर्ड भ्याक्सिनको तेस्रो चरणको परीक्षण हुँदैछ । जोन्सन एन्ड जोन्सनले भने पहिलो र दोस्रो चरणको परीक्षण गरिरहेको छ ।

दुई दिन अघि अमेरिकाको मोर्डना थेरापेटिक्सले जनावरमा परीक्षणबारे खुलाएको थियो । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा अनुसन्धानमुलक लेखमार्फत् रिपोर्ट सार्वजनिक गरिएको छ । यसले पनि बाँदरमा भएको परीक्षण प्रभावकारी रहेको जनाएको छ । मोर्डनाले तेस्रो चरणको मानवमा परीक्षण शुरु गरेको छ ।

चीनले कोरोनाविरुद्धको खोप विकास गरिरहँदा अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाएर परीक्षण शुरु गर्ने खुलाएको छ । चीनका केही औषधी कम्पनिहरु खोप विकासमा अगंपंक्तिमा छन् ।

भारतीय कम्पनिहरु पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । उनीहरु पनि पहिलो र दोस्रो चरणको परीक्षणका क्रममा छन् । पुणेस्थित भारतको चर्चित खोप निर्माता कम्पनि सेरम अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर खोपको विकास गरिरहेको छ ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्